समाज


कोरोना प्रकोपबीच इजरायलमा व्यक्ति–व्यक्तिबीचको दुरी कायम गरी आन्दोलन

कोरोना प्रकोपबीच इजरायलमा व्यक्ति–व्यक्तिबीचको दुरी कायम गरी आन्दोलन

नेपालखबर
बैशाख ८, २०७७ सोमबार १२:१४,

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको नीतिहरु लोकतन्त्र विरोधी भएको भन्दै आइतबार २ हजारभन्दा बढी मानिसले प्रदर्शन गरेका थिए।

कोरोना भाइरसको संक्रमणबाट जोगिन व्यक्ति–व्यक्तिबीचको दुरी कायम गर्न विश्व स्वास्थ्य संगठनले सुझाव दिएको छ।

प्रदर्शनकारीले सरकारविरुद्धको आन्दोलनमा यस उपायको भने पालना गरेका थिए। यस घटनाको तस्बिर सार्वजनिक भएको छ। जसको यतिबेला निकै चर्चा भइरहेको छ।

तेल अभिभ्स रबिन स्क्वायरमा मानिसहरु मास्क लगाएर प्रदर्शनमा उत्रिएका थिए। उनीहरुले कालो झण्डा बोकेका थिए।

Thousands of Israelis maintain social distancing while protesting ...

प्रधानममन्त्री बेन्जामिन नेतान्याहुको पछिल्लो गतिविधिले इजरायलको लोकतन्त्र धरापमा परेको भन्दै प्रदर्शनकारीले नारावाजी गरेका थिए।

प्रहरी तथा सुरक्षाकर्मीहरु पनि प्रदर्शन स्थलमा सामाजिक दूरी कायम गरेरै खटेका थिए।

हाल विश्वभरका मानिसहरुले यस आन्दोलनलाई कोरोना प्रकोपका बेला रोचक शैलीको प्रदर्शन भएको प्रतिक्रिया जनाइरहेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad