राजनीति


संविधान नै चाहिँदैन भनेर हुँदैन: सुदन गुरुङ

संविधान नै चाहिँदैन भनेर हुँदैन: सुदन गुरुङ

नेपालखबर
भदौ २६, २०८२ बिहिबार १९:२५, काठमाडौँ

हामी नेपालका अध्यक्षसमेत रहेका जेन–जी अभियन्ता सुदन गुरुङले नेपाली जनताको भावनाअनुसार अबको अन्तरिम सरकार बन्नुपर्ने बताएका छन्। रिपोर्टर्स नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान संविधान खारेज नगरी, यसैभित्र रहेर सरकार गठन गरिनुपर्ने बताएका हुन्।

‘नेपाली जनताको भावना, जेन–जीको भावनाअनुसार सरकार बनाउने। यो संविधान पूरै त्याग गर्ने होइन। यसलाई खारेज नगर्ने। भीख मागेर, संविधान नै चाहिँदैन भनेर भनेर हुँदैन,' उनले भने, 'खारेज गर्यो भने अरुहरुले हस्तक्षेप गर्छन्। नरह्यो नेपाल, नरह्यो नेपाली ? संविधानमा संशोधन गर्नुपर्छ।’ 

अध्यक्ष सुदन गुरुङले आफूहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्व मान्न तयार रहेको पनि बताए। उनले संसद् विघटन पनि आफूहरूको मुख्य माग रहेको बताए। त्यसपछि मात्रै अरु कामहरू अघि बढने उनको भनाइ छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad