राजनीति


रास्वपाले भन्यो- देश विधिको शासन र आवधिक निर्वाचनका आधारमा अगाडि बढाउनुपर्छ

रास्वपाले भन्यो- देश विधिको शासन र आवधिक निर्वाचनका आधारमा अगाडि बढाउनुपर्छ

रास्वपा केन्द्रीय कार्यालय


नेपालखबर
भदौ २५, २०८२ बुधबार १८:५८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले जेनजीको प्रदर्शनका कारण उत्पन्न सरकारविहीनताको परिस्थिति र नेपाली सेनाको नेतृत्वमा भइरहेको सुरुक्षा प्रबन्ध‍का लागि भइरहेको छलफलबारे छलफल गरेको छ। 

पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको अपिल पत्रमा नयाँ परिस्थितिमा पनि मुलुक विधिको शासन, कानुनी सर्वोच्चता, मानवअधिकार, आवधिक निर्वाचन, अभिव्यक्ति स्वतन्त्रता जस्ता लोकतन्त्रका आधारभूत मूल्य-मान्यता एवं राजनीतिक सहअस्तित्वकै आधारमा अगाडि बढाउनुपर्छ भन्नेमा रास्वपा दृढ रहेको उल्लेख गरेका छन्। 

रास्वपाले नयाँ राजनीतिक कोर्षबारे पार्टीको धारणा छिट्टै सार्वजनिक गर्ने पनि जनाएको छ। अहिलेको समयमा सबैको साझा लक्ष्य स्थिर, शान्त र समृद्ध नेपाल निर्माण गर्नु भएको भन्दै रास्वपाले जनतामाझ आशाको सञ्जार गर्नुपर्ने उल्लेख गरेको छ।  

अबको राजनीतिक प्रक्रियालाई शान्तिपूर्ण, रचनात्मक, सहभागितामूलक र पारदर्शी बनाउन सकिएन भने परिवर्तनको चाहना दिगो रुपमा संस्थागत हुन नसक्ने रास्वपाको ठहर छ। 

यस्तो छ रास्वपाको अपिल 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad