राजनीति


प्रदर्शनकारीलाई संयमित हुन रवि लामिछानेको अपिल

प्रदर्शनकारीलाई संयमित हुन रवि लामिछानेको अपिल

नेपालखबर
भदौ २४, २०८२ मंगलबार १९:४३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संयमित हुन प्रदर्शनकारीहरूलाई आग्रह गरेका छन्। 

सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले मुलुकको नेतृत्व जेन जीकै मागअनुसार जेन जीकै परिकल्पनाअनुरुप अघि बढ्ने बताएका हुन्।

'राष्ट्रिय सुरक्षासँग सरोकार राख्ने प्रहरी, सुरक्षा निकाय, न्यायालय लगायतका दस्तावेजहरू राष्ट्रका महत्त्वपूर्ण सम्पत्ति हुन्, तिनको संरक्षण गर्न सकिएन भने मुलुकको संवेदनशील दस्तावेजहरू नास हुन सक्छन्,' उनले भने, 'जुन तपाईँ हाम्रा लागि र यो देशका लागि अत्यन्त क्षतिपूर्ण हुन सक्छन्। सरकारी सम्पत्तिहरू क्षति हुँदा राष्ट्रकै सम्पतिको क्षति हुने हुँदा यसको संरक्षण गर्ने जिम्मेवारी पनि हाम्रै हो।'

उनले यो आन्दोलन जेन जीकै भएको भन्दै  थपेका छन्, 'यो आन्दोलन विशुद्ध जेन जीको हो। मुलुकको अबको नेतृत्व जेनजीकै मागअनुसार र जेन्जीकै परिकल्पनाअनुरुप अघि बढ्नुपर्छ भन्ने कुरामा म स्पष्ट छु। र म सदैव नागरिक सर्वोच्चताको पक्षमा छु।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad