फोटोफिचर


आगोको मुस्लोमा सिंहदरबार र संसद् भवन (ड्रोन तस्बिर)


सरोज नेपाल
भदौ २४, २०८२ मंगलबार १९:५७, काठमाडौँ

मुलुककै प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा जेन जी युवाहरूले आगजनी गरेका छन्। सिंहदरबारको प्रमुख गेटबाट छिरेर प्रदर्शनकारीले आगो लगाएका हुन्। 

सिंहदरबारभित्र विभिन्न मन्त्रालयलगायत अन्य प्रशासनिक क्षेत्रमा आगजनी गरेका छन्। प्रदर्शनलाई सुरक्षा निकायले नियन्त्रणमा लिन सकेन। 

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा र सुरक्षा निकायले वार्ताका लागि अपिल गर्दा पनि आन्दोलन रोकिने छाँटकाँट छैन।  

प्रदर्शनकारीले संसद् भवन जलाइसकेका छन्। अन्य पार्टी कार्यालय र नेताहरूको घरहरूमा पनि आगजनी गरिरहेका छन्। अहिले राति पनि सिंहदरबार जलिरहेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad