राजनीति


जेलबाट निस्केपछि रविले भने: दलका शीर्ष नेताको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ

जेलबाट निस्केपछि रविले भने: दलका शीर्ष नेताको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ

नेपालखबर
भदौ २४, २०८२ मंगलबार १९:२५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेलबाट रिहा भएसँगै शीर्ष राजनीतिक दलका शीर्ष नेताहरूलाई लुटेरा भन्दै तिनका सम्पत्ति सरकारीकरण गर्नुपर्ने बताएका छन्।  

उनले यी सम्पत्तिहरू उनीहरूको निजी नभएको भन्दै ३ पुस्तालाई लुटेर जोडेको आरोप लगाएका हुन्। 

‘सर्वप्रथम म यस आन्दोलनमा ज्यान गुमाउनुहुने सहिदहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ उनले भनेका छन्, ‘यस देशका लुटेराहरूले सजाय पाउने क्रम जारी छ। यिनको निजि सम्पत्ति यिनको होइन, देशको ३ पुस्तालाई लुटेर यिनीहरूले जोडेका हुन। बाँकि सम्पति पनि पूर्ण रुपमा राष्ट्रीयकरण गरिनुपर्छ र यिनिहरूलाई कानुनी दायरामा समेत ल्याउनैपर्छ।’

उनले संयमित भई राष्ट्रका सम्पत्तिहरू जोगाउन जरुरी रहेको पनि उल्लेख गरेका छन्। मुलुकको नेतृत्व जेन जीकै मागअनुसार र जेन जीकै परिकल्पनाअनुरुप अघि बढ्नुपर्ने बताएका छन्।   

त्यस्तै उनले आफ्नो रिहाइ कानुनबमोजिम भएको पनि उल्लेख गरेका छन्।

‘आम नागरिकको दबाब पछि सरकारले मेरो रिहाइको लागी कानुबमोजिमको प्रकिया पूरा गरी पत्र थमाएपछि मात्रै म कारागारबाट रिहा भई सीधै आम नागरिकसामु आउन पाएको हुँ,’ उनले भनेका छन्, ‘यसका बाबजुद पनि मुलुकको कानुन प्रति बफादार हुँदै भविष्यमा आइपर्ने सम्पूर्ण आवश्यक कानुनी प्रक्रियाका लागि तयार रहेको जानकारी गराउँदछु। एक सचेत नागरिकका रुपमा अब सबैलाई संयमित हुन म हार्दिक अनुरोध गर्दछु।’

रविको अपिल उनकी श्रीमती निकिता पौडेलको फेसबुकबाट जारी भएको छ।  

यस्तो छ उनको अपिल 

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू
सर्वप्रथम म यस आन्दोलनमा ज्यान गुमाउनुहुने सहिदहरू प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

यस देशका लुटेराहरूले सजाय पाउने क्रम जारी छ। यिनको निजि सम्पति यिनको होईन, देशको ३ पुस्तालाई लुटेर यिनीहरूले जोडेका हुन्। यिनको बाँकी सम्पत्ति पनि पूर्णरूपमा राष्ट्रियकरण गरिनुपर्छ र यिनीहरूलाई कानुनी दायरामा समेत ल्याउनैपर्छ। तर हामीले अब अत्यन्त संयमित भई राष्ट्रका सम्पत्तिहरू जोगाउन जरुरी छ। राष्ट्रिय सुरक्षासँग सरोकार राख्ने प्रहरी, सुरक्षा निकाय, न्यायालय लगायतका दस्तावेजहरू राष्ट्रका महत्त्वपूर्ण सम्पत्ति हुन्, तिनको संरक्षण गर्न सकिएन भने मुलुकको संवेदनशील दस्तावेजहरू नास हुन सक्छन्। जुन तपाईँ हाम्रा लागि र यो देशका लागि अत्यन्त क्षतिपूर्ण हुन सक्छन्। सरकारी सम्पत्तिहरू क्षति हुँदा राष्ट्रकै सम्पतिको क्षति हुने हुँदा यसको संरक्षण गर्ने जिम्मेवारी पनि हाम्रै हो। यो आन्दोलन विशुद्ध जेन जीको हो। मुलुकको अबको नेतृत्व जेनजीकै मागअनुसार र जेन्जीकै परिकल्पनाअनुरुप अघि बढ्नुपर्छ भन्ने कुरामा म स्पष्ट छु। र म सदैव नागरिक सर्वोच्चताको पक्षमा छु।

आम नागरिकको दबाब पछि सरकारले मेरो रिहाईको लागी कानुबमोजिमको प्रकिया पुरा गरि पत्र थमाए पछि मात्रै म कारागारबाट रिहा भई सिधै आम नागरिक सामु आउन पाएको हुँ। यसका बाबजुद पनि मुलुकको कानुन प्रति बफादार हुँदै भबिष्यमा आईपर्ने सम्पूर्ण आवश्यक कानुनी प्रक्रियाका लागि तयार रहेको जानकारी गराउँदछु।

एक सचेत नागरिकका रुपमा अब सबैलाई संयमित हुन म हार्दिक अनुरोध गर्दछु।🙏🙏
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad