राजनीति


मृत्यु हुने प्रदर्शनकारीको संख्या ५ पुग्यो, ट्रमा सेन्ट्ररमा मात्रै ४ जना

मृत्यु हुने प्रदर्शनकारीको संख्या ५ पुग्यो, ट्रमा सेन्ट्ररमा मात्रै ४ जना

नेपालखबर
भदौ २३, २०८२ सोमबार १५:३, काठमाडौँ

काठमाडौँमा भएको जेनजीको प्रदर्शन तनावग्रस्त भएको छ। प्रदर्शनमा प्रहरीको गोली लागेर ५ जनाको मृत्यु भएको बताइएको छ।  

चारजनाको ट्रमा सेन्टरमा र एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको स्रोतले नेपालखबरलाई जानकारी दिएको छ।  

प्रदर्शनमा सय बढी घाइते भएका छन्।  घाइतेहरूलाई सिभिल अस्पताल, एभरेस्ट अस्पताल र पाटन अस्पतालमा उपचारका लागि लगिएको छ। 

पाटन अस्पतालका डाइरेक्टर डा रवि शाक्यका अनुसार यहाँ दुई जनाको उपचार जारी छ।

सरकारमाथि प्रश्न गर्दै जेनजीले काठमाडौँमा प्रदर्शन गरेको हो। प्रदर्शन उग्र भएसँगै काठमाडौँ प्रशासनले बानेश्वर क्षेत्रसहित विभिन्न क्षेत्रमा कर्फ्यु आदेश गरिसकेको छ।  

कर्फ्यु आदेश भए पनि प्रदर्शन जारी छ। अहिले बानेश्वर क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगै सेना पनि परिचालन गरिएको छ। 

  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad