गण्डकी


गण्डकी मुख्यमन्त्री कार्यालयमा आक्रमण, पोखरामा निषेधाज्ञा

गण्डकी मुख्यमन्त्री कार्यालयमा आक्रमण, पोखरामा निषेधाज्ञा

नेपालखबर
भदौ २३, २०८२ सोमबार १५:१३, काठमाडौँ

जेनजी आन्दोलनको क्रममा गण्डकीको मुख्यमन्त्री कार्यालयमा आगजनीको प्रयास एवं तोडफोड भएको छ।

पोखराको सभागृह चोकमा रहेका प्रदर्शनकारीहरू त्यहाँबाट नाराबाजीससहित पोखराको चिप्लेढुंगा पुगेका थिए। प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ता मिसिएपछि आन्दोलन त्यहीँ सकिएको घोषणा गरिएको थियो। तर, भीड थामिएन। उत्तेजित भीड त्यसपछि सरकारी कार्यालय रहेको पार्दीस्थित कार्यालयतिर पुगे।

पोखरा ७, राष्ट्रबैंक चोकनेर रहेको जिल्ला प्रशासन कार्यालय बाहिर नाराबाजी गरेपछि सो समूह त्यसको माथि रहेको मुख्यमन्त्री कार्यालय पुगेको थियो। प्रदर्शनकारीले त्यहाँ नाराबाजीमात्र गरेनन्, मुख्यमन्त्री कार्यालयमा आगजनी र ढुंगामुढा पनि गरे। 

प्रदर्शनकारीको ढुंगा प्रहारबाट मुख्यमन्त्री कार्यालयका झ्यालका सिसाहरू फुटेका छन्। नाराबाजी र प्रदर्शन भएपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको थियो। त्यो क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ।

पोखरामा निषेधाज्ञा
जेनजीको प्रदर्शनीलाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको प्रशासनिक कार्यालयहरु रहेको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माबाट जारी निषेधाज्ञाको आदेशमा सहिद चोक क्षेत्रको पूर्वतर्फ वाइचोक, पश्चिमतर्फ लेकसाइड क्षेत्रमा पर्ने फिस्टेल गेट,उत्तरतर्फ मालपोत कार्यालय कास्की र दक्षिणतर्फ राष्ट्रबैंक चोक क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति जम्मा हुन र सभा–सम्मलेन गर्न निषेध गरिएको छ। 

यसअघि सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पक्राउ परेपछि रास्वपाको प्रदर्शनको क्रममा पनि सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको थियो। सहिदचोक वरपरको क्षेत्र कास्कीको प्रशासनिक कार्यालयहरु भएको क्षेत्र हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad