नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जाल फेसबुकमा शनिबार एउटा पोस्ट गरेका छन्। तस्बिरसहितको उक्त पोस्टमा लेखिएको छ, 'सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल उराँव संघको स्थापना दिवस तथा करम पूजा कार्यक्रमलाई सम्बोधन गरेको छु।'
सरकारले फेसबुकसहित सामाजिक सञ्जाल सञ्चालनमा प्रतिबन्ध लगाइसकेको अवस्थामा सत्तासाझेदार दलकै सभापतिको फेसबुकमा यस्तो पोस्ट गरेपछि अनेक टिकाटिप्पणी भइरहेको छ।
यसरी टिकाटिप्पणी गर्ने करिम ३ हजार ७ सय जनामध्ये एक हुन् काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)। उनले देउवालाई प्रश्न गर्दै यो पोस्ट कुन भीपीएनबाट हो? स्वदेशी हो कि विदेशी भनेर सोधेका छन्।
बालेनले देउवाको पोस्टमा कमेन्ट गर्दै सोधेका छन्, 'यो पोस्ट कुन भीपीएनबाट हो?, स्वदेशी हो कि विदेशी? साह्रै गाह्रो पो हुने रहेछ भीपीएनबाट चलाउन त।'
बालेनको उक्त कमेन्टमा २७ हजारभन्दा धेरैले लाइक गरेका छन् भने सयौँ संख्यामा कमेन्ट रिप्लाइ गर्दै देउवाको आलोचना गरिरहेका छन्। देउवाको पोस्टमा भने ६ हजार ५ सय बढीले लाइकसहित अन्य रियाक्ट गरेका छन्।
Shares

प्रतिक्रिया