राजनीति


नेपालमा धर्म प्रचार गरेको आरोपमा अमेरिकन नागरिक डिपोर्ट, ११ वर्ष प्रवेशमा प्रतिबन्ध

नेपालमा धर्म प्रचार गरेको आरोपमा अमेरिकन नागरिक डिपोर्ट, ११ वर्ष प्रवेशमा प्रतिबन्ध

नेपालखबर
भदौ २२, २०८२ आइतबार १४:१४, काठमाडौँ

नेपालमा धर्म प्रचार गरेको आरोपमा पक्राउ परेका अमेरिकन नागरिकलाई जरिवाना तिराएर डिपोर्ट गर्ने निर्णय भएको छ। अध्यागमन विभागले अमेरिक नागरिक डानियल एस कर्नीलाई ५० हजार रुपैयाँ जरिवाना तिराएर डिपोर्ट गरिदिने निर्णय गरेको हो। 

उनलाई ११ वर्षसम्म नेपाल आउन प्रतिबन्ध लगाइएको छ। भिसाको उद्देश्य विपरीत इसाइ धर्मको प्रचार गरिरहेको भेटेपछि २०८२ भदौ ९ गते उनलाई पक्राउ गरिएको थियो। 

उनले बालगृहका बालबालिकाहरूलाई इसाइ धर्म सिकाउने गरेको र धर्म परिवर्तन गर्न लगाउने गरेको आरोप पनि छ। यस्तै फ्रान्सका एक जना र इण्डोनेसियाका ४ जना नागरिकलाई पनि डिपोर्ट गर्ने निर्णय भएको छ।

फ्रान्सका नागरिक माथिल्ड नाथाइल पर्यटक भिसामा आए पनि व्यवसाय गरिरहेको र डिजिटल कारोबार गरेको भेटिएको थियो। 

उनलाई ५० हजार जरिवाना गरेर तीन वर्षसम्म पुनः नेपाल आउन प्रतिबन्ध लगाइएको छ। इन्डोनेसियाका नागरिकहरू पनि टर्किस भाषा पढाउने र धर्म प्रचार गर्ने गरेको आरोप छ।

उनीहरूलाई पनि ५० हजारका दरले जरिवाना र ३ वर्ष पुनः नेपाल आउन प्रतिबन्ध गर्ने निर्णय अध्यागमन विभागले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad