राजनीति


विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैनः गृहमन्त्री लेखक

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैनः गृहमन्त्री लेखक

फाइल तस्बिर


नेपालखबर
भदौ २०, २०८२ शुक्रबार १५:३५, कन्चनपुर

गृहमन्त्री रमेश लेखकले विकास निर्माणको काममा लापरबाही र ढिलासुस्ती सह्य नहुने बताएका छन्। निर्माणको काम समयमै सक्न र गुणस्तरीय काम गर्न गृहमन्त्री लेखकले निर्माण व्यवसायीहरूलाई आग्रह गरे।

‘गुणस्तरीय काम नहुने र समयमा काम नसक्ने समस्या छ। यो समाधान गर्नुपर्छ,’ निर्माण व्यवसायी संघ कञ्चनपुरको २८ औं वार्षिक साधारण सभा एंवम् १५ औं अधिवेशन समारोहलाई सम्बोधन गर्दै मन्त्री लेखकले भने, ‘विकास निर्माणको काम हुने अराजक गतिविधि रोक्न सरकार प्रतिबद्ध छ।’

निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै मन्त्री लेखकले निर्माण व्यवसायीलाई ढुक्कसँग काम गर्न आग्रह गरे।

‘ढिलासुस्ती र गुणस्तरहिन काम सह्य हुँदैन। यो सुधार्नुपर्छ। शान्ति सुव्यवस्था र निर्माणसंग सम्बन्धित समस्या समाधान गर्न सरकार सकरात्मक छ,’ उनले भने, ‘चन्दा असुली, धम्काउने तथा अशान्ती मच्याउने कार्य सह्य हुँदैन।’

नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेपछि विगत एक वर्षमा देशको आर्थिक अवस्था सुधार हुँदै आएको गृहमन्त्री लेखकले बताए। विगत वर्षमा भुक्तानी हुन बाँकी ३५ अर्ब भन्दा बढी बजेट निर्माण व्यवसायीको सरकारले तिरेको उनले उल्लेख गरे।

‘आर्थिक अवस्था लयमा फर्किएको छ। यो सरकारको एउटा उपलब्धी हो,’ उनले भने, ‘भुक्तानी हुन बाँकी ३५ अर्ब बढी रकम दिएका छौं।’

सार्वजनिक खरीद ऐन सुधारका साथै निर्माण व्यवसायीको समस्या समाधान गर्ने गरी ऐन कानून सुधार हुँदै जाने मन्त्री लेखकले विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad