प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध केही पनि गर्न नसक्ने बताएका छन्।
भ्रष्ट र दलालहरुले कांग्रेस-एमाले गठबन्धन बनाएको आरोप लगाउँदै उनले वर्तमान सरकारले भ्रष्टाचार, बेथिति र अराकजताविरुद्ध केही पनि गर्न नसक्ने दाबी गरे।
बुधबार काठमाडौँमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को ७ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले सरकार भ्रष्टहरुले बनाएकाले मुलुकमा राम्रो काम गर्ने उपसभामुख इन्दिरा राना, कुलमान घिसिङहरुलाई सरकारले हटाउने काम गरिरहेको दाबी गरे।
‘सत्तारुढ कांग्रेस-एमाले गठबन्धन नेताहरुले बनाएको होइन, मलाई थाहा छ-त्यो विचौलिया, दलालहरुले उनीहरुको घरमा, उनीहरुको होटलमा लगेर उनीहरुको इच्छा अनुसार बनेको सरकार भयो यो,’ प्रचण्डले भने, ‘त्यसकारण यो सरकारले भ्रष्टाचारका विरुद्ध केही पनि गर्न सक्दैन। यो सरकारले बेथिति र अराजकताका विरुद्ध केही पनि गर्न सक्दैन। किनकी उनीहरुले नै बनाएको सरकार हो।’
Shares

प्रतिक्रिया