राजनीति


निजामती विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित

निजामती विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित

नेपालखबर
भदौ १७, २०८२ मंगलबार १८:३७, काठमाडौँ

संघीय निजामती सेवासम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ। 

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संघीय निजामती विधेयक मंगलबार राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको हो। 

विधेयकमा सेवा निवृत्त भएका कर्मचारीले २ वर्षभन्दा अघि फेरि अन्य कुनै सरकारी नियुक्ति खान नमिल्ने व्यवस्था (कुलिङ अफ पिरियड) राख्न खोजिएकोमा प्रतिनिधि सभाबाट पारित हुँदा त्यसमा गडबडी भएपछि त्यसले व्यापक विवाद निम्ताएको थियो। 

कुलिङ अफ पिरियडको मर्म नै मर्ने गरि गरिएको गडबडीको छानबिन गर्न प्रतिनिधि सभामा समिति बनाइएको थियो। तर, समितिले नाम नै किटान गरेर कसैलाई दोषी करार गरेन। 

राष्ट्रिय सभाले भने प्रतिनिधि सभामा कुलिङ अफ पिरियडसम्बन्धी भएकाे गडबडी लगायतका अन्य विषयमा संशोधनसहित पारित गरेको हो।

अब राष्ट्रिय सभाबाट पारित विधेयक सन्देशसहित प्रतिनिधि सभामा पठाइने छ। 

प्रतिनिधि सभाले राष्ट्रिय सभाबाट सन्देशसहित आएको विधेयकलाई पारित गरेपछि राष्ट्रपतिले प्रमाणीकरण गर्ने छन्। त्यसपछि यो ऐनका रुपमा लागू हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad