राजनीति


प्रधानमन्त्री ओली चीन प्रस्थान (तस्बिरहरू)

प्रधानमन्त्री ओली चीन प्रस्थान (तस्बिरहरू)

नेपालखबर
भदौ १४, २०८२ शनिबार ७:२२, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली चीन पस्थान गरेका छन्। चिनिया राष्ट्रपति सि चिनफिङको औपचारिक निमन्त्रणामा सांघाई सहयोग सङ्गठन (एससीओ) को २५ औँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन गएका हुन्।

प्रधानमन्त्रीसहितको टोली शनिबार बिहान ७ बजे हिमालयन एयरलाइन्समार्फत चीन प्रस्थान गरेको हाे। 

प्रतिनिधिमण्डलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपाली कांग्रेसका उपसभापति तथा सांसद पूर्णबहादुर खडका, नेकपा एमालेका सचिव तथा सांसद छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका अधिकारीहरू रहेका छन्।

प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति चिनफिङबिच शनिबार नै द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले भदौ १६ गते सम्मेलनमा सम्बोधन गर्नेछन्। 

प्रधानमन्त्री ओली एससीओ शिखर सम्मेलन र लगत्तै बेइजिङमा आयोजना हुने ‘चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व फासीवादविरुद्धको युद्ध’ को  विजयोत्सवमा सहभागी हुने कार्यक्रममा छ। उक्त कार्यक्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि सहभागी हुने कार्यक्रम छ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति, रुसी राष्ट्रपति लगायतसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

चिनिया राष्ट्रपति चिनफिङले उदघाटन गर्ने शिखर सम्मेलनमा एससीओका १० पूर्ण राष्ट्रसहित २० देशका राष्ट्र प्रमुख र सरकार प्रमुख तथा १० वटा अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरु सहभागी हुनेछन्। 

सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रुसका राष्ट्रपति भ्लादमिर पुटिन, बेलारुसका राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्को, इरानका राष्ट्रपति मसुद पेजेस्कियान, पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ, कम्बोडियाका प्रधानमन्त्री हुन मनेत, टर्कीका राष्ट्रपति रेसिप तैयिप एर्दोगान, माल्दिप्सका राष्ट्रपति मोहम्मद मुइज्जु लगायत उपस्थित हुने तय भएकाे छ।

शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणको विषयमा जानकारी दिएका थिए। 

प्रधानमन्त्री भदौ १८ गते स्वदेश फर्किने कार्यक्रम छ।  

तस्बिरहरू

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad