राजनीति


संसदीय सुनुवाइ समितिको सदस्यमा रामहरिको नाम अनुमोदन

संसदीय सुनुवाइ समितिको सदस्यमा रामहरिको नाम अनुमोदन

रामहरि खतिवडा


नेपालखबर
भदौ १३, २०८२ शुक्रबार १८:१७, काठमाडौँ

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट हालै राजीनामा दिएका कांग्रेस सांसद रामहरि खतिवडा संसदीय सुनुवाइ समितिको सदस्य बनेका छन्। 

आज शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले खतिवडाको नाम अनुमोदन गरेको हो। 

सुनुवाइ समितिकी सभापति ईश्वरी न्यौपाने यता राजीनामा दिएर सुशासन समितिको सभापति बन्न गएपछि त्यहाँ १ सदस्य पद रिक्त भएको थियो। उक्त रिक्त सदस्य पदमा खतिवडाको नाम अनुमोदन भएको हो।   

शुक्रबार बसेको बैठकमा सभामुखको आसनबाट उपसभामुख इन्दिरा रानाले सुनुवाइ समितिको सदस्यमा कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेको ठाउँमा खतिवडाको नाम हेरफेर गर्ने प्रस्ताव गरेकी थिइन्।  

खतिवडा सुशासन समितिको सभापति हुँदा संघीय निजामति सेवा विधेयकमा भएको कुलिङ पिरियडको व्यवस्था हेरफेरमा चलखेल गरेको आरोप लागेको थियो। त्यसपछि छानबिन गर्न बनेको समितिले उनलाई जिम्मेवार ठहर गरेको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad