कारोबार


पायोनियरको पर्व अफर, जिकर एक्स ६९.९९ लाखमै किन्न सकिने

पायोनियरको पर्व अफर, जिकर एक्स ६९.९९ लाखमै किन्न सकिने

नेपालखबर
भदौ १३, २०८२ शुक्रबार १८:२८, काठमाडौँ

नेपालका लागि जिकरको आधिकारिक वितरक पायोनियर मोटोकर्पले विशेष चाडपर्वको अवसरमा ‘जिकर फेस्टिभ थ्रिल’ अभियान सार्वजनिक गरेको छ  यो अभियान जिकर एक्सका लागि लागू हुने कम्पनीको भनाइ छ।

दशैँ, तिहार र छठको चाडपर्वलाई लक्षित गर्दै जिकर एक्समा विशेष अफर सार्वजनिक गरिएको छ। 

यो चाडपर्व अफरअन्तर्गत अब ग्राहकहरूले ८४.९९ लाख मूल्य रहेको जिकर एक्स गाडी मात्र ६९.९९ लाखमा खरिद गर्न सक्नेछन्। 

यस अफरसँगै ग्राहकहरूले ८ वर्ष वा १,६०,००० किलोमिटरको वारेन्टी, १ वर्षको अटो प्लस इन्स्योरेन्स, १ वर्षको सडक कर, र ७ किलोवाट वाल चार्जर समावेश रहेको थप सुविधाहरू पनि प्राप्त गर्नेछन्।

जिकर एक्समा २०० किलोवाट मोटर पावर, लेभल २ एडीएएस प्रणाली, १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ७ वटा एयरब्याग छन्। यो गाडीले युरो एनक्याप, चाइना एनक्याप र ग्लोबल एनक्याप मा ५-स्टार सेफ्टी रेटिङ पाएको छ।

यस चाडपर्व अवधिमा जिकर एक्सलाई सजिलो वित्तीय सुविधा र विशेष छुटसहित उपलब्ध हुनेछ । यी सुविधाहरूमा सर्त तथा नियमहरू लागू हुने कम्पनीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad