भदौ १४ देखि १८ गतेसम्म चीन भ्रमणका जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँ आयोजित एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्ने भएका छन्।
शुक्रबार भ्रमणबारे सदनलाई जानकारी गराउँदै ओलीले भदौ १६ गते थियानजिनमा हुने एससीओ प्लस शिखर सम्मेलनमा नेपालको सहभागिता हुने र त्यहीँ आफूले सम्बोधन गर्ने पनि बताए।
भ्रमणका क्रममा उनले विभिन्न राष्ट्र तथा सरकार प्रमुखसँग भेटवार्ता तय भइसकेको पनि सुनाए।
'ती भेटघाटमा नेपाल र ती मुलुकबीचका द्विपक्षीय एवं अन्य प्राथमिकताका विषयमा छलफल हुनेछ' उनले भने।
ओलीले थियानजिनको कार्यक्रममा सहभागी भएपछि मात्रै आफ्नो टोली बेइजिङ जाने कार्यक्रम तय भएको पनि बताए।
हालसम्म रूसी महासंघका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका महामहिम प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता तय भइसकेको उनको भनाइ छ।
Shares

प्रतिक्रिया