राजनीति


सरकारले महँगी नियन्त्रण गर्छ: उपप्रधानमन्त्री सिंह

सरकारले महँगी नियन्त्रण गर्छ: उपप्रधानमन्त्री सिंह

नेपालखबर
भदौ ११, २०८२ बुधबार १७:५, काठमाडौँ

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले कालो बजारी र महँगी नियन्त्रण गर्ने बताएका छन्। चाडबाड नजिकिएसँगै कालो बजारी र महँगी बढेको गुनासो आउने गरेको भन्दै सरकारले कडाइका साथ अनुगमन गरिरहेको बताए। 

नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागले बुधबार बुटवलमा आयोजना गरेको 'दैनिक उपभोग्य वस्तुको सुनिश्चितता उपभोक्ताको अधिकार, हाम्रो चासो' विषयक अन्तरसंवाद कार्यक्रममा सम्बोधन गर्दै सिंहले उपभोक्ताले सहज र सुलभ रूपमा स्वस्थ खाद्यान्न पाउनुपर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताए।

सिंहले चाडबाडको मौका छोपेर कालो बजारी गर्ने र उपभोक्ताको स्वास्थ्यमा खेलबाड गरेको पाइएमा सरकारले कडा कारबाही गर्ने चेतावनी पनि दिए। उनले उपभोग्य वस्तुको आन्तरिक उत्पादन बढाउनुपर्नेमा पनि जोड दिए। अहिलेको सरकार जनताको जीवन र जीविकाप्रति गम्भीर रहेको भन्दै उनले उपभोक्ताको हकअधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए। 

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अन्तरसंवादले उपभोक्ताको हकअधिकार सुरक्षित गर्ने र उपभोक्तामैत्री नीति बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुन, लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका कांग्रेस पार्टी सभापति, उद्योग वाणिज्य संघका अध्यक्ष प्रतिनिधि एवं रूपन्देहीका उद्योगी व्यवसायी र उपभोक्ताहरूको सहभागिता थियो। 

कार्यक्रममा सहभागीहरूले सीमावर्ती जिल्लाहरूमा अस्वस्थकर सामग्री भित्रिइरहेकाले त्यसलाई रोक्नुपर्ने, कालो बजारी नियन्त्रण गर्नुपर्ने र चाडपर्वको मुखमा महँगी नियन्त्रणमा विशेष ध्यान दिन सरकारलाई आग्रह गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad