नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई जनताले विश्वास नगरे देश नबच्ने टिप्पणी गरेका छन्।
बुधबार काठमाडौँमा पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय उर्जा संवाद, २०८२ लाई सम्बोधन गर्दै उनले जनताले अब पनि माओवादीलाई विश्वास नगरे देश दुर्घटनामा पर्ने जिकिर गरे।
‘अहिले माओवादीअनुसारको पाठ्यक्रम हुनुपर्ने, यो परिवर्तन उसले ल्याएको भएपछि नीतिहरु पनि त्यो अनुसार बन्नुपर्ने,’ प्रचण्डले भने, ‘किन बन्न सकेन भन्नेकुरामा ध्यान जान जरुरी छ। लास्टमा चुरो कुरा नढाँटीकन भन्दा माओवादीलाई जनताले विश्वास गरेन भने यो देश दुर्घटनामा पर्छ भन्ने मलाई लाग्छ। बच्दैन, बच्दैन। धेरै ठूलो अफ्ठ्यारोमा जान्छ।’
वर्तमान सरकार डरबाट बनेको दाबी गर्दै उनले सुशासन दिनका लागि नबनेको समेत उल्लेख गरे। ‘माओवादीको पहिलो सरकार, दोस्रो सरकार, तेस्रो सरकार हुँदा राम्रो बाहेक कुनै नराम्रो काम गरेकै छैन भन्नेकुरा बिर्सिएर कांग्रेस र एमाले जो भ्रष्टाचारमा लिप्त छन्, भ्रष्टाचारीलाई बचाउनै बनाएका हुन् त्यो सरकार,’ प्रचण्डको भनाइ छ, ‘मैले त खुलेआम भनेको छु, सदनमै भनेको छु। यो सरकार डरबाट बनेको हो।’
Shares

प्रतिक्रिया