राजनीति


विपिनका आमा र बहिनीले भेटे परराष्ट्रमन्त्री, रिहाइका लागि अझै पहल बढाउन आग्रह

विपिनका आमा र बहिनीले भेटे परराष्ट्रमन्त्री, रिहाइका लागि अझै पहल बढाउन आग्रह

नेपालखबर
भदौ ८, २०८२ आइतबार १७:४७, काठमाडौँ

हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीका आमा र बहिनीले परराष्ट्रमन्त्री डा आरजु राणासँग भेट गरेका छन्। 

आइतबार परराष्ट्र मन्त्रालयमा भेट गर्दै मन्त्री राणा र परराष्ट्र मन्त्रालयले विपिनको रिहाइका लागि हालसम्म गरेको प्रयत्नका लागि आभार व्यक्त गर्दै यसलाई आगामी दिनमा थप सक्रियताका साथ निरन्तरता दिन आग्रह  गरेका थिए।

विपिनको आमा र बहिनी उनको अवस्था बुझ्न र रिहाइका लागि अपिल गर्न हालै इजरायल गएका थिए। इजरायलबाट फर्केपछि उनीहरूले मन्त्री राणालाई भेटेर यसबारेमा जानकारी गराएका हुन्।

भेटमा मन्त्री राणाले सरकारले विपिनको रिहाइमा सक्दो कूटनीतिक प्रयत्न गरिरहेको र आगामी दिनमा यसलाई थप सशक्त बनाउने बताएकी थिइन्।

विपिन अपहरमा परेको करिब ९ महनिापछि आफू मन्त्रीमा नियुक्त भएको र त्यसलगत्तै आफूले सो मुद्दालाई प्राथमिकतामा राखेर काम सुरु गरेको उनको भनाइ थियो।

सन् २०२३ अक्टोबरमा इजरायलबाट विपिन जोशी हमास समूहको अपहरणमा परेका थिए। उनको अवस्था अझै अज्ञात छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad