राजनीति


संविधानलाई असफल गर्ने छुट कसैलाई छैन: गृहमन्त्री लेखक

संविधानलाई असफल गर्ने छुट कसैलाई छैन: गृहमन्त्री लेखक

नेपालखबर
भदौ ८, २०८२ आइतबार १४:४५, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले संविधानलाई असफल बनाउने छुट कसैलाई पनि नभएको बताएका छन्।  आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यो संविधान असफल भयो भने देशमा अकल्पनिय द्वन्द सुरु हुने बताएका हुन्।  

संविधान निर्माणको लागि २० वर्ष लागेको उनले स्मरणसमेत गरे। यो संविधान असफल भए अर्को २० वर्षमा पनि संविधान बनाउन नसक्ने उनको दाबी छ। 

‘एउटा संविधान निर्माणको लागि २० वर्ष लाग्दो रहेछ। यो संविधानको असफलतापछि मुलुकमा उत्पन्न हुने द्वन्द्व, आज हामी द्वन्द्वको कुरा गर्दैछौँ, आजको द्वन्द्वको नेचर कस्तो छ भने हामी संघीयतामा छौँ। दुई पालिकाका बीचमा प्राकृतिक स्रोतका लागि द्वन्द छ,' उनले भने, 'अधिकारको बाँडफाँडको लागी द्वन्द्व भइरहेको छ, आजको द्वन्द्व। तर यदी संविधान असफल भयो भने अकल्पनीय द्वन्द्वहरू यो देशमा सुरु हुन्छ। जसले अब २० वर्षमा पनि संविधान बनाउनसक्ने स्थिति हुँदैन। ती कुराहरु तपाइँहरूले यदाकदा लक्षणहरू देख्नुभएको छ होला। त्यसकारण संविधानको रक्षा, यसाको सुदृढीकरण, समयसापेक्ष संशोधन पनि म भन्न चाहन्छु।'

समय र समाजको विकासको गतिअनुसार संविधानलाई पनि उन्नत, परिवर्तन र परिमार्जन गर्नुपर्ने उनको भनाइ छ। समयसापेक्ष संविधान संशोधनको लागी वर्तमान सरकार गठनको बेला काँग्रेस र एमालेले सहमति गरेको पनि उनले उल्लेख गरे। तर सरकार बनेको एक वर्षमा पनि संविधान संशोधनको कार्य प्रारम्भ गर्न नसकेको उनले स्वीकार गरे। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad