नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले कम्युनिस्ट पार्टीभित्र तानाशाही र निरंकुशता रहेको टिप्पणी गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित प्रकाश विकल्पको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसबाट पीडितहरुको जमघटले मात्रै समाज परिवर्तन नहुने बताए।
‘कम्युनिस्ट पार्टीभित्र पनि तानाशाही र निरंकुशता छ, यसमा लड्दै आएको छ,’ पाण्डे भन्छन्, ‘यो सबै पीडितहरुको मात्रै जमघटजस्तो लाग्यो। पीडितको जमघटले समाज परिवर्तन हुँदैन।’
उनी सहभागी कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजाल पनि थिए। फरक प्रसँगमा पाण्डेले लोकतन्त्रले देश विकास नहुने उल्लेख गरे।
‘यहाँ कतिपयले भन्नुभयो, लोकतन्त्रले देश विकास हुन्छ,’ उनले भने, ‘मलाई कहिलेकाहीँ लाग्छ, त्यसले मात्रै उत्तर पाइँदैन कि भन्ने लाग्छ। दक्षिण कोरियामा तानाशाही शासनबाट देश परिवर्तन गरेर मरे। कहिले तानाशाही सकारात्मक भएर आउँछ, कहिले नकारात्मक छ। संसारमा एउटै अनुभव छैन।’
Shares

प्रतिक्रिया