नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले कानुन चोरी हुने संसद्मा किन आइएछ भनेर आत्मग्लानी हुने गरेको टिप्पणी गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू अन्तरिक कालदेखि निरन्तर संसदमा रहेको र पछिल्लो समय किन संसद्मा आइएछ भनेर आत्मग्लानी हुने गरेको बताए।
‘संविधानमा उपलब्ध प्रगति त गर्यौँ तर पण्डितको पुस्तकको माछा र खोलाको माछा भन्ने आउँछ, संविधानको उपभोग बनाउन जनताले पाउनुपर्छ,’ शर्माको भनाइ छ, ‘उपभोग गर्न जनताले पाउने अवस्था सिर्जना गर्न हामी चुक्यौँ। यो मैले गरेको प्रश्न म आफैँलाई हो। तर मैले आफैँलाई गरेको प्रश्नले अरु तर्सिन्छन् र पो गाह्रो छ। प्रश्न आफैँलाई गरेको हो। किनभन त्यस ठाउँमा त हामी नै छौँ। संविधानका धाराहरुले पानामा लेखेका कुराहरु नै उपयोग गर्नेतिर किन जान सकेनौँ। म त अन्तरिम कालदेखि संसद्मा निरन्तर छु। पछिल्लो समय आउँदा त कानुन त चोरी हुने संसद्मा के बेकार आइएछ जस्तो लाग्छ आजभोलि।अलि दिक्क लागेर होला। अलि पुरानो भएर पनि होला।’
Shares

प्रतिक्रिया