तत्काल निष्पक्ष र विश्वसनीय वातावरणमा महाधिवेशन सम्मन्न गर्न जरुरी भएको भन्दै राप्रपाका असन्तुष्ट नेताहरुले तीन पूर्वअध्यक्षहरुको ध्यानाकर्षण गरेका छन्।
महाधिवेशनलाई प्रभावित पार्ने गरी महाधिवेशनको मुखमा विधान मिच्दै नेतृत्वले गरेको सबै कारबाही र निष्कासन फिर्ता लिनुपर्ने उनीहरुको भनाइ छ।
उनीहरूले संस्थापक अध्यक्ष लोकन्द्रबहादुर चन्द तथा पूर्वअध्यक्षद्वय पशुपतिशम्सेर राणा र प्रकाशचन्द्र लोहनीसँग भेटवार्ता गरेका छन्।
महामन्त्री धवलशम्सेर राणा, विक्रम पाण्डे, मुकुन्दश्याम गिरी, कुन्ति शाही, सगुन सुन्दर लावती लगायतका नेताहरुले बिहीबार राणा, शुक्रबार चन्द र शनिबार लोहनीसँग भेटवार्ता गरेका हुन्।
पार्टी अध्यक्ष राजेन्द्र लिङदेनबाट भएको विधानको श्रृंखलावद्ध उल्लंघन, मन नपरेका पार्टी नेता तथा सदस्यहरुलाई विधान मिच्दै मनलागी कारवाहीबाट उत्पन्न समस्या समाधान गर्न र पार्टी हित संरक्षण गर्नमा अभिभावकीय भूमिका खेल्न अनुरोध गरेको भेटमा सहभागी सगुन सुन्दर लावतीले बताए।
Shares

प्रतिक्रिया