राजनीति


नक्कली सर्टिफिकेट प्रकरणमा पक्राउ रास्वपा नेता कँडेल निलम्बित

नक्कली सर्टिफिकेट प्रकरणमा पक्राउ रास्वपा नेता कँडेल निलम्बित

नेपालखबर
भदौ ६, २०८२ शुक्रबार १५:२६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कँडेललाई पार्टीबाट निलम्बन गरिएको छ।

उनले सञ्चालन गर्ने इन्स्टिच्युटले नक्कली प्रमाण पत्र किन्ने गरेको पाइएपछि रुपन्देही प्रहरीले पक्राउ गरेको थियो। 

रास्वपा केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले कँडेललाई पत्र पठाएर निलम्बन गरिएको जनाएका छन्।

यसअघि भदौ १ गते रुपन्देही सिद्धार्थनगर नगरपालिका १ बेलहिया बसपार्कबाट भारतीय नागरिक २५ वर्षका अभिषेक यादव पक्राउ परेका थिए।

उनको साथबाट नेपाल र भारतका विभिन्न शैक्षिक संस्था तथा विश्वविद्यालयहरुका नक्कली शैक्षिक प्रमाणपत्रहरु, स्टाम, होलोग्राम तथा स्टिकरहरु प्रहरीले बरामद गरेको थियो। 

उनले प्रहरीसँग ती कागजात तथा सामाग्री कँडेलले माग गरेको बयान दिएका छन्। त्यसपछि उक्त कार्यालयका सञ्चालक चितवनको कालिका नगरपालिका ५ बस्ने ५० वर्षका हरिप्रसाद कँडेललाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad