चिनियाँ विदेशमन्त्री वाङ यीले भारत र चीनबीज हालै विकास भएको साझेदारीले ‘कुनै तेस्रो पक्षलाई असर नगर्ने’ बताएका छन्।
भारत भ्रमणपछि सिधै पाकिस्तान पुगेका वाङले पाकिस्तानी समकक्षी इसहाक दारसँग बिहीबार इस्लामावादमा संयुक्त पत्रकार सम्मेलन गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्।
पाकिस्तानी अखबार डनका अनुसार भारतसँग चीनको सम्बन्धबारे सोधिएको प्रश्नमा वाङले दुई देशबीचको साझेदारीले कुनै पनि तेस्रो पक्षलाई असर नगर्ने बताएका हुन्।
भारत र चीनबीच नेपाललाई बेवास्ता गर्दै लिपुलेक नाकाबाट व्यापार सुरु गर्ने सहमति भएपछि नेपालमा विरोध भइरहेको छ। परराष्ट्र मन्त्रालयले त्यसप्रति असन्तुष्ट जनाउँदै नेपालको अडान सार्वजनिक गरेपछि भारतीय विदेश मन्त्रालयले तत्कालै प्रतिवादमा वक्तव्य जारी गरे पनि चिनियाँ पक्षबाट कुनै ठोस र औपचारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन।
Shares

प्रतिक्रिया