नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेका तत्कालीन महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)का विषयमा अनेक टिकाटिप्पणी हुन थालेको भन्दै आपत्ति जनाएका थिए।
मदन भण्डारी ७५औं जन्म जयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले जबज प्रतिकूलतासँग लडेर आएको विचार भएकोले सोहीअनुसार नै जानुपर्ने अवस्था अहिले पनि रहेको बताएका हुन्।
कार्यालय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन्। उनलाई पोखेलले सम्बोधनको क्रममा एमालेकी पूर्वउपाध्यक्ष भनेर सम्बोधन गरे।
'जननेता मदन भण्डारी र उहाँले प्रतिवादन गर्नु भएको जनताको बहुदलीय जनवाद यो विचार शान्त तलाउमा ढुंगा चलाए जस्तो सलल चलेर आएको होइन। प्रतिकूलताहरूसँग लडेर आएको हो,' उनले भने, 'यो विचारलाई क्षतिग्रस्त हुने गरी कुराहरू उठाउन सक्छन्। हामीले यो चिजलाई ख्याल गरिएन गर्नुपर्छ। विचार कुन जगमा उभिएको छ। कुन पृष्ठभूमिमा उभिएको हो ख्याल गर्नुपर्छ।'
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सामिप्यतामै मदन भण्डारी फाउन्डेसन झाँगिँदै आएको बताए।
'जुन बेला विचारको प्रखरताको झन्डा बोकेको त्यसबेलादेखि नै झाँगिँदै आयो। उहाँको सामिप्यता पाएर यो अवस्थामा आयो,' उनले भने।
तर ओलीले केही दिनअघि मात्रै विद्या भण्डारी पुन: राजनीतिमा फर्केको र मदन भण्डारी फाउन्डेसनमार्फत सक्रियता देखाउन थालेपछि विरोध गरेका थिए।
पूर्वराष्ट्रपति भण्डारीको सक्रियतालाई रोक्न प्रयास गरिरहेका प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनलाई भने ‘ठगीखाने भाँडो’ बनेको आरोप लगाएका थिए।
गएको साउन २६ गते च्यासलमा मदन–आश्रित प्रतिष्ठानका पदाधिकारीलाई शपथ खुवाउँदै ओलीले भनेका थिए, ‘त्यो त्यतिकै व्यक्तिगत बनाएको छ, व्यक्तिको हो कि परिवारको हो जस्तो। श्रीमान्, श्रीमतीको हो कि आन्दोलनको निम्ति काम गर्छ किरु के हो त्यो ठगीखाने भाँडो बनेको छ। त्यो पार्टीका नाममा बनाइएको संस्था हो।’
त्यस्तै पोखरेलले मदन भण्डारीको विचारलाई विश्वमन्चमा पुर्याउने काम यो फाउन्डेसनले गर्नुपर्ने बताए। 'जननेता मदन भण्डारीको विचारलाई चीर स्थायीत्व दिनका लागि यस फाउन्डेसनले विभिन्न कार्यक्रम गर्दै आइरहेको छ,' उनले भने, 'अहिले यही शिशिलामा ७५औं जन्मजयन्ती मनाउन कमिटी बनाइएको छ। व्यवस्थित बनाउन कार्यालय स्थापना गरिएको छ। उद्देश्यअनुरुप काममा सफलता पाओस्।'
उनले थपे, 'जबजबारे म भन्नु चाहन्छु- आँधी तुफानसँग जुध्दै पराजित गर्दै अगाडि स्थापित भएको विचार हो। यो विचारको सुदृढीकरण जननेता मदन भण्डारीले सुरु गर्नु भएको हो। उहाँले कम्युनिस्ट आन्दोलनको जगमा यो विचार उठेको हो।'
उनले एमालेले जबजलाई भूल्नै नहुने पनि बताए। 'यसलाई नेकपा एमालेका कसैले पनि भुल्न हुँदैन। यो वैज्ञानिक उन्नत विचार हो। जनताको बहुदलीय जनवाद एमालेको मात्रै होइन देश बनाउने विचार हो, राष्ट्रियताको विचार हो, पुस्तान्तरण र नेतृत्व हस्तान्तण गर्ने विचार हो' उनले भने।
उनले फाउन्डेसनले काम गर्दा चुनौती आए सामना गर्नुको विकल्प नभएको पनि बताए।
'चुनौतीको कुरा छन्। चुनौती त आउँछन्, उत्पन्न भइरहन्छन्। चुनौती सामना गरेर अघि बढ्नुको विकल्प छैन,' उनले भनिन्, 'एमालेको तर्फबाट भन्न चाहन्छु- चुनौती आए, अपजस आए भनेर मनोबल कमजोर हुन दिन हुँदैन। यो अहिलेको आवश्यकता हो।'
Shares

प्रतिक्रिया