राजनीति


ललितपु र अमेरिकाको ब्रुमफिल्ड सहरबीच भगिनी सम्बन्ध स्थापना हुँदै, चिरिबाबुको भ्रमण स्वीकृत

ललितपु र अमेरिकाको ब्रुमफिल्ड सहरबीच भगिनी सम्बन्ध स्थापना हुँदै, चिरिबाबुको भ्रमण स्वीकृत

ललिमपुर महानगरका प्रमुख चिरिबाबु र ब्रुमफिल्डकी मेयर गुलिन कास्ट्रिवट्टा


नेपालखबर
भदौ ४, २०८२ बुधबार १७:३०, काठमाडौँ

ललितपुर महानगर र अमेरिकाको ब्रुमफिल्ड सहरबीच भगिनी सम्बन्ध स्थापना हुने भएको छ।

भगिनी सम्बन्ध स्थापना गर्ने कार्यक्रममा सहभागी हुन ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन अमेरिका जाँदै छन्। 

महर्जनको अमेरिका भ्रमण सरकारले स्वीकृत गरिसकेको छ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ ३१ गतेदेखि असोज ७ गतेसम्म हुने महर्जनको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। 

यस्तै, मन्त्रिपरिषद्को सोही बैठकले धनकुटा नगरपालिकालाई मेक्सिकोको सिताकुआरो सहरसँग भगिनी सम्बन्ध स्थापना गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad