शारदा ब्यारेज भएर हुने चार र तीन पाङ्ग्रे सवारी साधनको आवागमनमा रोक लगाइएको छ। महाकाली नदीमा पानीको बहाब बढेपछि शारदा बयारेज भएर हुने ठूलो सवारी साधनको आवागमनमा रोक लगाइएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराका अनुसार बुधबार दिउँसो ४ बजेको अपडेटअनुसार महाकालीमा पानीको बहाब एक लाख १४ हजार ४३९ क्युसेक पुगेको छ।
महाकाली नदीमा रहेको नेपाल-भारत जोड्ने बनबासा पक्की पुल (शारदा ब्यारेज) जीर्ण हुँदा पानीको बहाब एक लाख क्युसेक नाघेपछि आवागमनमा रोक लगाइने गरिन्छ।
पहाडी भेगमा वर्षा भएकाले बुधबार महाकालीमा पानीको बहाब बढेको छ।
51
Shares

प्रतिक्रिया