सत्तारुढ प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले खाली पानामा सांसदहरूको हस्ताक्षर संकलन थालेका छन्। यसको प्रयोजनबारे उनीहरूले औपचारिक रुपमा केही भनिसकेका छैनन्।
यद्यपि, उपसभामुख इन्दिरा रानामगरलाई हटाउने तयारी भइरहेको चर्चा चलिरहेको छ। यही बेला उसभामुख रानामगर भने अमेरिकाको भ्रमणमा छिन्। आफूलाई हटाउने तयारीलाई उनले अमेरिकाबाट कसरी हेरिरहेकी छिन त?
नेपालखबरले रानासँग यसबारे केही प्रश्न गरेको छ। प्रस्तुत छ उनीसँग गरिएको संक्षिप्त कुराकानीः
तपाईंलाई कांग्रेस र एमालेले हटाउन लागेकाे चर्चा छ, के भन्नुहुन्छ?
‘मिडिया ट्रायल’ गरिरहेकै छन्, मैले के भन्नु र? राजनीति यतिसम्म गिरेर गर्छन् भन्ने त मलाई थाहा थिएन।
पहिले पनि हटाउने काेसिस भएकाे थियो हाेइन?
उसाे भए परिषद्मा आफू अनुकूलको समीकरण बनाउनका लागि हटाउन खोजिँदै छ?
मैले यसमा के भन्नु र? स्पष्ट नै छ नि। मैले धेरै केही भन्नु छैन। तपाईंहरूले प्रत्यक्ष देख्नु भएको हाेला। मैले कसरी काम गरिरहेकी छु।
मैले के गरेको छु र? मैले कुनै डिफेन्ड गरिरहनुपर्छ? मैले केही गलत काम गरेको छैन। उनीहरूले जे आरोप लगाए पनि हुने? जसलाई जे आरोप लगाउँदा पनि हुन्छ?
मलाई ‘प्रिडेट’ देउ (अमेरिकाको भिसाबारे) भनेर आएको हो तिनीहरू। गाउँकै भाइ थियो। के थाहा त यसरी मान्छेहरू लान्छ? नेताले पठाउँछ भन्ने? मलाई केही पनि थाहा नभएको मान्छे हो। मलाई के मतलब नि?
न अमेरिकी दूतावासमा चिठी गएको छ, न त मान्छे नै गएको छ। यसमा घिनलाग्दो कुरा भएको छ। यसरी राजनीति चल्दैन।
त्यसाे भए कांग्रेस-एमालेले राजनीति गरे?
राजनीति नगरेको भए नाम आउँथ्यो त? मलाई विज्ञापन गर्नु पनि छैन, मलाई डिफेन्ड गर्नु पनि छैन। यत्रो बालबालिकाको स्याहार गरेर बसेको मान्छेले त्यस्तो गर्नुपर्छ त? मेरो बाउले दिएको सम्पत्ति स्कुल खोलेर दान गरेकी छु। अहिलेका नेताहरूले त के गरेका छन् र?
यो चर्चा चलेपछि तपाईंले आफ्नो दलसँग केही परामर्श गर्नुभएको छ कि छैन?
मैले केही गरेको छैन। उनीहरू (दलहरू)ले अब कसरी डिफेन्ड गर्छन।
अनि तपाईं नेपाल कहिले फर्किनुहुन्छ?
मेरो यहाँ एउटा उच्चस्तरको बैठक छ। त्यो सकेर फर्किन्छु। म विस्तारै जान्छु। किन आत्तिन पर्यो? मलाई के लाग्छ भने- यो देशको नयाँ पुस्तालाई हामीले निरुत्साहित गरिरहेका छौँ। सधैँ यस्तै खेल खेलेर देश बन्छ?
भ्रमण छोट्याउनेबारे केही सोच्नु भएको छैन?
छैन। परिस्थिति हेरेर हुन्छ। एक/दुईवटा मिटिङ छ। अनि, त्यसपछि।
Shares

प्रतिक्रिया