सरकारले कारागार विभागको महानिर्देशक हेरफेर गरेको छ।
मन्त्रिपरिषद्ले यसअघिका महानिर्देशक नारायणप्रसाद भट्टराईलाई निर्वाचन आयोगमा सरुवा गरेपछि गृहमन्त्री रमेश लेखकले रिक्त स्थानमा सहसचिव लीलाप्रसाद शर्मालाई जिम्मेवारी दिएका हुन्।
हाल गृह मन्त्रालयमा कार्यरत शर्मा यसअघि सिन्धुलीका प्रमुख जिल्ला अधिकारी थिए।
अहिले रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको अड्डासारको विषय यस विभागसँग प्रत्यक्ष सम्बन्धित छ।
सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दाको पुर्पक्षका लागि रूपन्देही कारागारमा राखिएका रविले काठमाडौँ सरुवाका लागि निवेदन दिएका छन्। उनको निवेदनमा जिल्ला अदालत रुपन्देहीले अनुमति दिइसके पनि विभागले कुनै निर्णय लिइसकेको छैन।
780
Shares

प्रतिक्रिया