राजनीति


दुनियाले प्रशंसा गर्ने संघीयता बनाउने लक्ष्य छः अशोक राई

दुनियाले प्रशंसा गर्ने संघीयता बनाउने लक्ष्य छः अशोक राई

नेपालखबर
साउन २९, २०८२ बिहिबार १९:१८, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोक राईले संघीयता, लोकतन्त्र र गणतन्त्र अझै खतरामुक्त भइनसकेको बताएका छन्।

बिहीबार जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा अहिले पनि संघीय लोकतान्त्रि गणतन्त्रमाथि प्रहार गर्ने कोशिस भइरहेको बताएका हुन्।

उनले गणतन्त्रमाथि धावा बोल्ने प्रवृत्तिको अन्त्य गर्दै व्यवस्थाको सुदृढीकरणका लागि आवश्यक सुधारका कामहरू गर्न जरुरी रहेको बताए। उनले सबै समुदायलाई लोकतान्त्रिक अभ्यासमा सहभागी गराउँदै वर्तमान व्यवस्था र संघीयतालाई सुरक्षित गर्नुपर्नेमा जोड दिए। 

उनले भने, ‘अहिले पनि हाम्रो मुलुकमा संघीयता, लोकतन्त्र र गणतन्त्र तीनवटै क्षेत्रमा प्रहार गर्ने शक्तिहरू कायमै छन्। यो खतराबाट मुक्त भइसकेको अवस्था छैन। संघीय लोकतान्त्रिक गणतन्त्रमाथि अहिले पनि धावा बोल्ने अवस्थाहरू छँदैछन्। त्यसकारण त्यसको संरक्षण र त्यसमा रहेका कमीहरू हटाउँदै हामी जानुपर्छ। यस्तो पो हुन्छ संघीयता भन्दै दुनियाले प्रशंसा गर्ने खालको संघीयता बनाउने हाम्रो लक्ष्य छ।’

उनले जनता समाजवादी पार्टी विचार मिल्ने सबै राजनीतिक दलहरूसँग पार्टी एकता र कार्यगत एकता गर्न तयार रहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad