राजनीति


राष्ट्रपतिसमक्ष चार देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

राष्ट्रपतिसमक्ष चार देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

नेपालखबर
साउन २९, २०८२ बिहिबार १९:९, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न मुलुकका नवनियुक्त राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

राष्ट्रपति भवनमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ।

राष्ट्रपति पौडेलसमक्ष नेपालका लागि जर्मनीका लागि आवासीय राजदूत उडो एयुगेन भोल्ज, फिनल्याण्डका आवासीय राजदूत पेट्रे जुहानी पुहक्का, बुर्किना फासोका  गैरआवासीय डा डिसाइर बोनिफेस सोम र कम्बोडियाका गैरआवासीय राजदूत राथ मेनीले आआफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका थिए।

समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल दुषित प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad