राजनीति


भिजिट भिसा प्रकरण छानबिन रोक्ने सरकारको नियतलाई संसदले सघायोः राप्रपा सांसद लामा

भिजिट भिसा प्रकरण छानबिन रोक्ने सरकारको नियतलाई संसदले सघायोः राप्रपा सांसद लामा

नेपालखबर
साउन २७, २०८२ मंगलबार १४:४४, काठमाडौँ

भिजिट भिसा प्रकरणको छानबिन गर्न संसदले पहल नगरेको भन्दै राप्रपाको आपत्ति

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले भिजिट भिसा दुरुपयोग प्रकरणको छानबिनका लागि संसदले पहल नगरेको भन्दै आपत्ति जनाएकी छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले सरकारको भिजिट भिसा प्रकरणको छानबिन रोक्ने सरकारको नियतलाई सघाउने काम संसदबाट समेत भइरहेको भन्दै आपत्ति जनाइन्। उनले भिजिट भिसा दुरुपयोग प्रकरणमा गृह मन्त्रालयका उच्चपदस्थ कर्मचारीको समेत संलग्नता रहेको उल्लेख गर्दे उक्त प्रकरणको स्वतन्त्र छानबिनका लागि सदनले कुनै पहल नगर्नु दुःखद् भएको बताइन्।

उनले भनिन्, ‘प्रतिपक्षी दलहरुले भिजिट भिसाको आवरणमा गृह मन्त्रालयको उच्चस्तरको पदाधिकारीहरुको संलग्नतामा संगठित असुलि गर्ने काम भएको र यसलाई मन्त्रालयले कुनै न कुनै रुपमा संरक्षण गरेको प्रमाण आएको विषयमा संसदीय उच्चस्तरीय छानबिन गर्ने कुरामा यो सदनले कुनै पनि पहल नगर्नु दुःखद् विषय बनेको छ।’

उनले सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्नुको सट्टा कुन गृहमन्त्रीका पालामा कति जना गए भनेर तथ्य मोड्न लागेको आरोप लगाइन्।

भिजिट भिसा प्रकरणको छानबिनको माग गर्दै विपक्षी दुई दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि आफ्नो कुरा राखेर संसद बहिस्कार गर्दै बाहिरिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad