राजनीति


भण्डारी रोक्न ओलीले स्मृति प्रतिष्ठान सक्रिय पारेपछि बाँस्कोटाले सुनाए चाणक्य नीति

भण्डारी रोक्न ओलीले स्मृति प्रतिष्ठान सक्रिय पारेपछि बाँस्कोटाले सुनाए चाणक्य नीति

एमाले पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा


नेपालखबर
साउन २७, २०८२ मंगलबार १४:१२, काठमाडौँ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएयता सत्तारुढ दल नेकपा एमालेभित्र दुई धार देखिएका छन्। 

एउटा पक्ष भण्डारीलाई एमालेको नेतृत्वमा स्थापित गर्नुपर्छ भनेर वकालत गरिरहेको छ भने अर्को उनलाई पार्टीमा निषेध नै गरेर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई नै निरन्तरता दिन जोडबल लगाइरहेको छ। 

यस क्रममा एमालेका दुईपक्षबीच प्रत्यक्ष-परोक्ष वादविवाद भइरहेको छ। कतिले आफ्ना मत सामाजिक सञ्जालमार्फत पनि प्रकट गरिरहेका छन्। 

यिनैमध्ये एक हुन्- पूर्वमन्त्रीसमेत रहेका एमाले पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा। उनले खुलेरै विद्याका पक्षमा मत राखिरहेका छन्। 

तर कहिलेकाहीँ उनी सामाजिक सञ्जालमा सिधै विषय उल्लेख नगरेर घुमाउरो तरिकाले पनि आफ्ना कुरा राख्छन्। 

एमालेले ‘राजनीतिको ढोका बन्द’ गरेपछि विद्या भण्डारी मदन भण्डारी फाउन्डेसनलाई माध्यम बनाएर अघि बढ्न खोजेकी छन्। तर त्यसलाई पनि रोक्न अध्यक्ष ओलीले ३१ वर्ष पुरानो मदन-आश्रित स्मृति प्रतिष्ठानलाई सक्रिय पारेका छन्।

यहीबीच मंगलबार बाँस्कोटाले चाणक्य नीति उल्लेख गर्दै एक्समा पोस्ट गरेका छन्। 

उनले लेखेका छन्, ‘यो ध्रुववाणि परित्यज्य, अध्रुवं परिषेवते। ध्रुवाणि तस्य नश्यन्ति, अध्रुवं नष्टमेव हि। अर्थात् जसले निश्चित वस्तुहरूलाई छोडेर, अनिश्चित वस्तुको साधना गर्दछ, त्यसका निश्चित वस्तु पनि नष्ट हुन्छन्, अनिश्चित वस्तुको त विनाश छ नै। चाणक्य नीतिको श्लोक आधुनिक राजनीतिमा पनि जीवन्त छ कि त?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad