पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रभावकारी कानुनी शासनका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय न्याय प्रणालीलाई एकीकृत गर्न जरुरी रहेको बताएका छन्।
नेपाल कानुन समाजले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले राष्ट्रिय न्याय प्रणाली र अन्तर्राष्ट्रिय न्याय प्रणाली एकआपसमा जोडेर काम गर्नुपर्ने आजको आवश्यकता रहेको पनि बताए।
नेसनल ‘रुल अफ ल’लाई मात्र बढावा दिए देशबाहिर हुने गरेका गतिविधिहरुबारे उपयुक्त धारणा बनाउन नसकिने उनको भनाइ छ। उनले अन्तर्राष्ट्रिय कानुनी संरचनासँग तालमेल नगरी राष्ट्रिय न्याय प्रणालीले प्रभावकारी काम गर्न नसक्ने बताए।
उनले भने, ‘हामीले ‘रुल अफ ल’मा धेरै जोड दिएका हुन्छौं। तर रुल अफ ल भनेको नेसनल रुल अफ ल मात्रै होइन। राष्ट्रिय न्याय प्रणाली र अन्तर्राष्ट्रिय न्याय प्रणाली एकआपसमा जोडेर काम गर्नुपर्ने हुन्छ। नेसनल रुल अफ लले मात्रै हामी अन्य देशहरुमा भए गरेका कामहरुलाई एकाउन्टेबल बनाउन सक्छौं कि सक्दैन? भन्ने समस्याहरू आउँछ होला।’
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले थपे, ‘हाम्रो टेरिटोरी भित्रको नेसलन ल सिस्टमले विदेशमा हुने गरेका काम कारबाहीलाई एकाउन्टेबल नबनाएको हुनसक्छ। हाम्रो राष्ट्रिय न्याय प्रणालीले अन्तर्राष्ट्रिय न्याय सेवासँग मिल्दोजुल्दो बनाउन हात अगाडि बढाउनुपर्छ। त्यसकारण इन्टरनेसनल ल सिस्टम हाम्रो रुल अफ ल सिस्टमभित्र हरनुपर्छ। ताकि सन्धि सम्झौतादेखि अन्य सहमति र सम्झैताबाट भरपुर लाभ हामीले लिनसक्छौं।’
अन्तर्राष्ट्रिय समुदायसँग भएका सन्धि सम्झौताबाट लाग लिन समेत अन्तर्राष्ट्रिय कानुनी शासन प्रणाली अवलम्वन गर्नुपर्ने आजको आवश्यकता रहेको उनको भनाइ छ।
Shares

प्रतिक्रिया