राजनीति


वैकल्पिक विकास वित्त कोषमा सीईओलाई अध्यक्षको जिम्मेवारी दिन सांसदहरूको सुझाव

वैकल्पिक विकास वित्त कोषमा सीईओलाई अध्यक्षको जिम्मेवारी दिन सांसदहरूको सुझाव

नेपालखबर
साउन २६, २०८२ सोमबार १५:५४, काठमाडौँ

 वैकल्पिक विकास वित्त कोषमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई नै शक्तिशाली बनाउनुपर्नेमा सांसदहरूले जोड दिएका छन्। 

सोमबार (साउन २६) प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा उक्त विधेयकमाथिको छलफलमा सांसदहरूले यस्तो बताएका हुन्।

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव, सांसद एवं पूर्वअर्थमन्त्री वर्षमान पुन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद डा स्वर्णिम वाग्लेले सीईओलाई शक्तिशाली बनाउनुपर्नेमा जोड दिए। 

हालको अभ्यासभन्दा फरक संरचना बनाउनुपर्ने उनीहरूको भनाइ थियो। सीईओलाई मन्त्रीसरह अधिकार दिएर कोष स्थापना गर्न उपयुक्त हुने डा वाग्लेले बताए।

विधेयकमा अर्थसचिव अध्यक्ष हुने प्रस्ताव गरिएको छ। पुनले पनि कर्मचारीलाई धेरै जिम्मेवारी दिएर ‘प्रेसर’मा पार्न नहुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad