राजनीति


आतंकवादविरुद्धको लडाईंका लागि सुरक्षा संयन्त्रको प्रयोग मात्र पर्याप्त हुँदैनः शक्तिबहादुर बस्नेत

आतंकवादविरुद्धको लडाईंका लागि सुरक्षा संयन्त्रको प्रयोग मात्र पर्याप्त हुँदैनः शक्तिबहादुर बस्नेत

नेपालखबर
साउन २५, २०८२ आइतबार १८:१५, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं सांसद शक्तिबहादुर बस्नेतले आतंकवादविरुद्धको लडाईंका लागि केवल सुरक्षा संयन्त्रको प्रयोग मात्र पर्याप्त नहुने बताएका छन्।

काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै सांसद बस्नेतले यस्तो बताएका हुन्। उनले सुरक्षा संयन्त्रभित्र रहेको राजनीतिलाई हटाउन नसकिने समेत बताए। सुरक्षा संयन्त्र र राजनीतिबीचको सम्बन्धले नै आतंक र आतंवादबीचको भेद र अन्तरसम्बन्धलाई परिभाषित गर्ने उनको भनाइ छ। 

उनले आतंकवाद र आन्तरिक राजनीतिक विद्रोह छुट्याउनुपर्ने बताए। 

नेता बस्नेतले विविधताको सही व्यवस्थापन नगर्दा समस्या बढ्नेतर्फ सचेत हुन जरुरी रहेको समेत बताए। 

उनले भने, ‘मिलिटरी एक्टमा रहेको पोलिटिकल आत्मालाई झिकिदिने हो भने त्यसपछि बाँकी आतंक नै रहन्छ। अब त्यसको घनत्व कति छ, आयाम कति छ? त्यसको प्रभावक्षेत्र कति छ भन्ने कुराले आतंक र आतंवादबीचको भेद र अन्तरसम्बन्धलाई चाहिँ डिफाइन गर्ला। यो राज्यको दृष्टिले पनि हुन्छ। त्यसैले सुरक्षाको टुल्स मात्रै पनि आतंवादको समाधान होइन।’

उनले पछिल्लो समय बढ्दै गएको आतंकवाद नियन्त्रणका लागि सुरक्षा संयन्त्र मात्र पर्याप्त नहुने भन्दै मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक पक्षबाट समेत रणनीति तयार गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad