नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शीर्ष तीन दलका सभापति तथा अध्यक्षहरूले राजनीतिबाट सन्यास लिए सबैभन्दा खुसी आफू नै हुने बताएका छन्।
आइतबार काठमाडौँमा आयोजित युवासँग जनप्रतिनिधि कार्यक्रमलाई सम्बोधन गर्दै
थापाले कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिबाट सन्यास लिए सबैभन्दा धेरै खुसी आफू नै हुने बताएका हुन्।
‘नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा, एमालेको अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको दिनबाट नेपाली राजनीतिबाट हामी सन्यास लिन्छौँ भनेर भन्नुभयो भने म सबैभन्दा खुसी मानिस हुन्थेँ,’ महामन्त्री थापाले भने।
उनले उनीहरूले सन्यास लिँदा आफू खुसी हुने अवमूल्यन गरेर नभई सम्मान गरेर हुने पनि प्रष्ट पारे। उनले थपे, 'अवमूल्यन गरेर भनेको होइन एकदमै ठूलो सम्मान छ उहाँहरूप्रति। उहाँहरूले नेपालमा ठूलो योगदान गर्नुभएको छ।’
नेपालको राजनीति फोहोर जमेको पोखरी जस्तो भएकोले वितृष्णा बढेको थापाको भनाइ छ।
Shares

प्रतिक्रिया