राजनीति


माधव नेपालसँग मनमुटाव भइरहेका बेला वामदेव गौतमसँग झलनाथ खनालको भेटवार्ता

माधव नेपालसँग मनमुटाव भइरहेका बेला वामदेव गौतमसँग झलनाथ खनालको भेटवार्ता

डल्लुस्थित आफ्नै निवासमा वामदेव गौतमसँग भेटवार्ता गर्दै झलनाथ खनाल। तस्बिर : खनालको सचिवालय


नेपालखबर
साउन २४, २०८२ शनिबार १३:२७, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ नेता वामदेव गौतमबीच डल्लुमा भेटवार्ता भइरहेको छ। 

अध्यक्ष माधव नेपालसँग भनाभन भइरहेका बेला खनालले गौतमसँग आफ्नै निवासमा छलफल गरिरहेका हुन्। 

दुई नेताबीच करिब आधा घण्टादेखि संवाद भइरहेको खनालको सचिवालयले जनाएको छ। 

सचिवालयले भनेको छ, ‘समसामयिक राजनीति विषयमा झलनाथ खनालको निवास डल्लुमा कमरेड वामदेवसँग संवाद चलिरहेछ।’

हालैको अन्तर्वार्तामा एकीकृत समाजवादीका सम्मानित नेता खनालले ‘एमाले फुटाएर नयाँ पार्टी बनाउनु गल्ती भएको’ भनेपछि अध्यक्ष नेपालले ‘पार्टी छाडेर गए हुन्छ’ भनेका थिए। त्यसयता दुई नेताबीच सार्वजनिक रूपमै भनाभन भइरहेको छ।  

त्यसो त हालै मात्र एकीकृत समाजवादीमा सम्मिलित वामदेव गौतम पनि पार्टीप्रति सन्तुष्ट छैनन्। उनले आफूलाई पार्टीमा काम नदिए लामो समय रहन नसक्ने चेतावनी दिइसकेका छन्। 

यहीबीच पार्टीका दुई नेता खनाल र गौतमबीच भेटवार्ता भइरहेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad