नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको सेवा गरेर बस्न सल्लाह दिएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्रोह गरेर नयाँ पार्टी बनाइसकेपछि विद्रोहको औचित्य नरहने भन्न नमिल्ने बताए।
उनले पार्टीको हित र पक्षमा मात्रै प्रचारप्रसार गर्न र सञ्चारमाध्यममा अभिव्यक्ति दिन पनि निर्देशन दिए। अध्यक्ष नेपालले संविधान मिचेर संसद् विघटन गरिएपछि आफूहरूले एमालेबाट विद्रोह गरेर नयाँ दल बनाएको स्मरण गरे।
'मिडियामा जाने पार्टीको विरोध गर्ने, मिडियामा जाने विद्रोहको औचित्य छैन भन्ने। किन आउनुपर्यो? विद्रोह ठिक लागेन भने केपी ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि,' उनले भने, 'हामीले ठिक गरेका छौँ। दृढतताका साथ पहल गरेका छौँ।'
अध्यक्ष नेपालले नेपालको कम्युनिस्ट आन्दोलनलाई आफूहरूले जोगाएर ल्याएको दाबीसमेत गरे।
Shares

प्रतिक्रिया