राजनीति


सार्वजनिक लेखा समितिले १० वटा मन्त्रालयलाई भन्योः लक्ष्य बनाएरै बेरुजु फर्स्योट गर्नू

सार्वजनिक लेखा समितिले १० वटा मन्त्रालयलाई भन्योः लक्ष्य बनाएरै बेरुजु फर्स्योट गर्नू

नेपालखबर
साउन २३, २०८२ शुक्रबार १५:३१, काठमाडौँ

सर्वाधिक बेरुजु हुने १० मन्त्रालयहरूलाई संसदको सार्वजनिक लेखा समितिले आगामी दिनमा कार्ययोजना बनाएर लक्ष्य भेट्ने गरी फर्स्योटमा लाग्न निर्देशन दिएको छ।

शुक्रबार मन्त्रालयका अधिकारीहरूसँग छलफलपछि लेखा समितिले बेरुजु लक्ष्य राखेर कम गर्ने, अब आइन्दा बेरुजु हुन नदिनका लागि बेरुजु फर्स्योटलाई विभागीय अधिकारीहरूको कार्यसम्पादनसँग जोड्न समेत भनेको छ।

प्रारम्भिक प्रतिवेदनमै लेखा अधिकारीहरूलाई गम्भीर बनाउन समेत मन्त्रालयका अधिकारीहरूलाई भनेको छ।

विभिन्न कार्यालयमा सरुवा गरेर महालेखा नियन्त्रक कार्यालयले पठाउँदा विगत २ आर्थिक वर्षमा कर्मचारीले गरेको कार्यसम्पादनको अवस्था हेर्न समेत भनेको छ। ती कर्मचारीको अबको प्रतिवद्धता के हो? उनीहरूसँग माग्नुपर्ने समिति सभापति ऋषिकेश पोखरेलले बताए।

समिति सभापति पोखरेलले भने, ‘विगत २ वर्षमा लेखा कर्मचारीले जहाँजहाँ बसेर काम गर्नुभयो, उहाँको कार्यसम्पादन के हो रु त्यो महालेखा नियन्त्रक कार्यालयले राख्नुपर्‍यो। अबको प्रतिबद्धता के हो त्यो पनि मागौँ। त्यो सहितको प्रतिवेदन महालेखा नियन्त्रक कार्यालयले एउटा निश्चित समयभित्र प्रतिवेदन सार्वजनिक लेखा समितिलाई बुझाउनुपर्‍यो।’ 

कुनै लेखा अधिकारीहरू निश्चित विभाग, मन्त्रालयमा दौडिने गरेको बताउँदै पोखरेलले ती अधिकारीले गरेको काम कारबाहीको हिसाव राख्न जरुरी रहेको पोखरेलले बताए। ५७ औं महालेखाको प्रतिवेदनदेखिका बेरुजुहरूलाई यो आर्थिक वर्षमा हल गर्न समेत समितिले अधिकारीहरूलाई भनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad