राजनीति


पूर्णबहादुर, गगन र विश्वसँग देउवाले के विषयमा गरे छलफल?

पूर्णबहादुर, गगन र विश्वसँग देउवाले के विषयमा गरे छलफल?

नेपालखबर
साउन २३, २०८२ शुक्रबार १५:४४, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति पूर्णबहादुर खड्का, दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका छन्। 

आफ्नै निवास बूढानीलकण्ठमा भएको चार नेताको छलफलमा विभिन्न तहमा रहेका पार्टीका जनप्रतिनिधिले सम्पादन गर्ने कामको सन्दर्भको निर्देशिकालाई अन्तिमरुप दिने गरी छलफल भएको हो।  

छलफलमा सहभागी मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेपालखबरसँग भने, 'विभिन्न तहको जनप्रतिनिधिले सम्पादन गर्ने कामको सन्दर्भमा पार्टीको निर्देशिका जारी गरेको छ। केन्द्रीय समितिले परिमार्जनसहित पास गर्ने भनेको थियो। यो अब करिब करिब फाइनल भएको छ।'

हालैमात्र संघीय निजामति सेवा विधेयकमा कुलिङ पिरियडको विषयमा भएको चलखेलपछि कांग्रेसले यसलाई ध्यान दिएको हो। संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको सभापति रामहरि खतिवडा सभापति छन्। उनी कांग्रेसका सांसद हुन्। 

तर कुलिङ पिरियड हटाउन उच्च पदका कर्मचारीहरूको इच्छाबमोजिम निजामती विधेयक पारित गर्ने बेलामा कुलिङ पिरिडडमा 'बाहेक' भन्ने शब्द घुसाएर चलखेल भएको थियो। त्यसपछि यसबारे अध्ययन गर्न संसदीय विशेष छानबिन समिति बनाइएको थियो। समितिले उनै खतिवडासहितलाई नैतिक जिम्मेवार ठहर गरेपछि कांग्रेसले आफ्ना जनप्रतिनिधिलाई यसमा सजक बनाउन निर्देशिका जारी गर्न लागेको हो।

त्यस्तै महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाको महाधिवेशन गराउनका लागि निर्देशक समितिको टिओआर तयार पार्नेबारे छलफल भएको पौडेलको भनाइ छ।  

'महाधिवेशन गर्न बाँकी रहेका भ्रातृसंस्थाको महाधिवेशन निर्देशक समितिले गर्न भनिएको छ। त्यहीअनुसार तालिका पनि सार्वजनिक भएका थिए,' उनले भने, 'समितिलाई अब महाधिवेशन गराउन पूरा अधिकार दिने गरी टीओआर बनाउने विषयमा कुरा भयो। यो फाइनल भएको छ। सामान्य कुरा टुंगिन भने बाँकी छ।' 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad