राजनीति


जेल पुगेर रविलाई भेटेपछि बाबुरामले भने: थुनाबाहिरै रहेर मुद्दा फेस गर्न दिइनुपर्थ्यो

जेल पुगेर रविलाई भेटेपछि बाबुरामले भने: थुनाबाहिरै रहेर मुद्दा फेस गर्न दिइनुपर्थ्यो

फाइल तस्बिर


नेपालखबर
साउन २२, २०८२ बिहिबार १३:३६, काठमाडौँ

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनाबाहिर राख्न माग गरेका छन्। 

आज बिहीबार रुपन्देही जिल्ला कारागार (भैरहवा) पुगेर लामिछानेसँग भेट गरेपछि भट्टराईले पत्रकारहरूसँग कुरा गर्दै उनलाई कारागारबाहिर रहेर मुद्दा लड्ने सुविधा दिनुपर्ने धारणा राखेका हुन्। 

‘उहाँमाथि अन्तिम फैसला भइसकेको छैन। न्यायिक हिरासतमा हुनुहुन्छ। कोही मान्छे भाग्छ, थप अपराध गर्छ भन्ने लाग्दाखेरि न्यायिक हिरासतमा राख्ने हो’, उनले भने, ‘तर जनताको प्रतिनिधि भएको व्यक्ति भागेर जाँदैन। त्यसैले बाहिर जमानतमा रहेर मुद्दा फेस गर्ने व्यवस्था गर्नुपर्थ्यो भन्ने मेरो बुझाइ हो।’

पार्टीको  लुम्बिनी प्रदेशस्तरीय विस्तारित बैठकमा भाग लिन जाने क्रममा भट्टराईले आज बिहान जेल पुगेर पूर्वगृहमन्त्री लामिछानेलाई भेटेका हुन्।

भट्टराईले कारागारमा रविको अवस्था पञ्चायतकालको भन्दा पनि खराब रहेको टिप्पणी पनि गरे। 

‘पत्रपत्रिका ल्याएर दिँदो पनि रहेनछ। हामी त पञ्चायतकालमा, पढ्ने गर्थ्यौं। मैले प्रहरीलाई सोधेँ, खै त्यस्तो आदेश छैन भन्नुभयो। कमसेकम सूचनाबाट वञ्चित गर्नचाहिँ हुँदैनथ्यो’, उनले भने, ‘बस्ने ठाउँ पनि साँघुरो रहेछ। जेल भनिसकेपछि त खुला ठाउँ हुन्छ, यसबारे म सम्बन्धित ठाउँमा भनौँला।’

रुपन्देहीको सुप्रिम सहकारी ठगीको अभियोगमा रवि पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad