राजनीति


९ दलको बैठकमा वर्षमान : कांग्रेस-एमालेले आयोगमार्फत साना दललाई नियन्त्रणको कोसिस गरे

९ दलको बैठकमा वर्षमान : कांग्रेस-एमालेले आयोगमार्फत साना दललाई नियन्त्रणको कोसिस गरे

तस्बिरः दीपक भण्डारी/प्रचण्ड सचिवालय


नेपालखबर
साउन २१, २०८२ बुधबार १७:३८, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सत्तामा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले निर्वाचन आयोगमार्फत साना दललाई नियन्त्रण गर्ने प्रयास गरेको दाबी गरेका छन्। 

बुधबार माओवादी केन्द्रको आह्वानमा बसेको ९ दलको बैठकमा निर्वाचन आयोगले प्रस्ताव गरेको राजनीतिक दलसम्बन्धी स्वमूल्यांकन कार्यविधिमाथि धारणाा राख्दै उनले आयोग दुई ठूला दलबाट प्रभावित भएको आरोप लगाएका हुन्। 

‘सत्ता गठबन्धनमा रहेका कांग्रेस र एमालेले निर्वाचन आयोगलाई सो कार्यविधिमा ‘गो अहेड’ भन्ने सचूना दिएको र त्यसका आधारमा निर्वाचन आयोगले कार्यविधिमा साना दलहरूलाई नियन्त्रण गर्ने प्रावधान राखेको हो,’ पुनले भने।

निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन आह्वान गर्दै पठाएको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ का विषयमा गम्भीर आपत्ति जनाउँदै कांग्रेस-एमालेबाहेकका दलको बैठक माओवादी केन्द्रको संसदीय दलमा बसेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad