राजनीति


कांग्रेस-एमालेबाहेकका दलको बैठक सिंहदरबारमा

कांग्रेस-एमालेबाहेकका दलको बैठक सिंहदरबारमा

नेपालखबर
साउन २१, २०८२ बुधबार १७:२, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा कांग्रेस र एमाले बाहेकका दलको बैठक सिंहदबारमा बसिरहेको छ। 

प्रचण्डको सचिवालयका अनुसार निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन भनी राजनीतिक दलहरुलाई पठाएको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ बारे छलफल गर्न बैठक आह्वान भएको हो।

माओवादी केन्द्रको संसदीय दलको कार्यालय, सिंहदरबारमा जारी बैठकमा माओवादीको तर्फबाट प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत उपस्थित छन्। 

त्यस्तै रास्वपाबाट गणेश पराजुली र सोविता गौतम सहभागी भएका छन्। राप्रपाबाट वुद्धिमान तामाङ उपस्थित छन्। एकीकृत समाजवादीबाट माधव नेपाल, राजेन्द्र पाण्डे, प्रमेश हमाल र शेरबहादुर तामाङ उपस्थित रहेका छन्। 

त्यस्तै जनमत पार्टीबाट सिके राउत र आजपाबाट प्रभु साह लगायत रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad