एएफसी एसियन महिला कप छनोटका लागि भुटानविरुद्धको सुरुवाती ११ सार्वजनिक भएको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले बिर्सना चौधरीको कप्तानीमा सुरुवाती ११ घोषणा गरेका हुन्।
भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुने खेल पौने ६ बजे सुरु हुनेछ। छनोटअन्तर्गत आजै भएको पहिलो खेलमा उत्तर कोरियाले साउदी अरेबियालाई १५-० को फराकिलो अन्तरले पराजित गरेको छ।
भुटानविरुद्धको नेपालको सुरुवाती ११ः
पुर्णिमा राई, मीना देउवा, सुक्रिया मिया, शुसिला केसी, बिर्सना चौधरी, सेनु परियार, गंगा रोकाया, सिमरन राई, माया मास्के, अनिसा राई, लिला जोशी

510
Shares

प्रतिक्रिया