राजनीति


एलएलडीसीको सम्मेलन: प्रधानमन्त्रीको सहअध्यक्षतामा ‘राउन्ड टेबल’

एलएलडीसीको सम्मेलन: प्रधानमन्त्रीको सहअध्यक्षतामा ‘राउन्ड टेबल’

नेपालखबर
साउन २१, २०८२ बुधबार १२:२२, काठमाडौँ

भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडीसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनअन्तर्गत व्यापार तथा वाणिज्यको सहजीकरण र क्षेत्रीय सहकार्यसम्बन्धी राउन्ड टेबल सुरु भएको छ।

तुर्कमेनिस्तानको तटवर्ती सहर अवाजामा जारी सम्मेलनको यो सत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले सहअध्यक्षता गरेका छन्। यो सत्रमा अहिले छलफल चलिरहेको उनको सचिवालयले जनाएको छ। 

प्रधानमन्त्री ओलीले आज ‘जलवायु परिवर्तनका कारण सिर्जित प्रकोपमा भूपरिवेष्ठित विकासशील देशहरुले अवलम्बन गर्नुपर्ने अनुकूलन क्षमताको अभिवृद्धि र लचिलोपन’ विषयका छलफल सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ। 

त्यसैगरि प्रधानमन्त्री ओलीले आजै काजकस्तान, अजरवैजान, ताजकस्तानका राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad