बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसहित ८ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
आज मंगलबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका बानियाँसहित नवनियुक्त मन्त्रीहरूले शपथ खाएका हुन्।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री बानियाँका साथै मन्त्रीहरू शिवराज अधिकारी र कृष्णकुमार तामाङले शपथ खाएका हुन्। उनीहरू कांग्रेस सांसद हुन्।
अधिकारीको लागि मन्त्रालय तोकिएको छैन भने तामाङलाई खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिएको छ। यस्तै, एमालेका ६ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

१४ मन्त्रालय रहेका बागमतीमा एमालेको भागमा ६ र कांग्रेसको भागमा मुख्यमन्त्रीसहित ७ मन्त्री पाउनेछन्। कांग्रेसभित्रको किचलोले कांग्रेसले ५ मन्त्री भने नियुक्त गरेको छैन। केही दिनमा मन्त्री नियुक्त गर्ने बताइएको छ।
Shares

प्रतिक्रिया