तीन महिनादेखि उपकुलपतिविहीन ४ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साउन २१ गतेदेखि उपकुलपति छनोट प्रक्रिया सुरु हुने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत रहेको बीपी कोइराला, कर्णाली, पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति चयन गर्न कार्ययोजना प्रस्तुति हुने जनाइएको छ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलको सचिवालयका अनुसार आवेदन परेका ५५ जनाको भोलिदेखि कार्ययोजना प्रस्तुतीकरण हुने छ।
‘उपकुलपति छनोट समितिमा सदस्य एंवम स्वास्थ्य सचिव डा विकास देवकोटा नेपाल बाहिर रहेकाले उपकुलपति छनोट प्रकृया रोकिएको थियो। सचिव डा देवकोटा मंगलवार आउनुहुन्छ,’ सचिवालयले भन्यो ‘बुधबारदेखि कार्ययोजना प्रस्तुतीकरण सुरु गर्ने निर्णय भएको छ।’
मन्त्रीको सचिवालयका अनुसार कार्ययोजना प्रस्तुतिपछि अन्तर्वार्ताका लागि सर्ट लिस्ट निकाल्ने र सर्ट लिस्टका आधारमा उपकुलपति छनोट हुने छन्।
‘केही दिनमा नै ४ स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपकुलपति पाउने छ’ सचिवालय स्रोतले भन्यो। चारै प्रतिष्ठानमा उपकुलपति पद गत चैतदेखि रिक्त छन्। उपकुलपतिविहीन भएको २ महिनापछि गत जेठ १४ गते चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति सिफारिस गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको नेतृत्वमा समिति बनेको थियो।
समितिका सदस्यहरूमा राष्ट्रिय योजना आयोगको स्वास्थ्य हेर्ने सदस्य डा आरपी बिच्छा र स्वास्थ्य सचिव डा विकास देवकोटा छन्। समितिले गत असार ४ गते आवेदन माग गरेको थियो।
पाटन, पोखरा, कर्णाली र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बन्न ५५ जनाका आवेदन परेका छ।
आवेदन परेको तीन महिनासम्म पनि मन्त्रालयले उपकुलपति छनोट प्रकृया अघि बढाएको छैन्। कांग्रेस र एमालेको भागवण्डा नमिल्दा उपकुलपति छनोट प्रकृया रोकिएको छ।
प्रतिष्ठानहरूको नेतृत्वदायी पदमा आउन विभिन्न क्षेत्रका वरिष्ठ चिकित्सक, पूर्वस्वास्थ्य सचिवदेखि पूर्वउपकुलपतिसम्म उत्सुक देखिएका छन्।
Shares

प्रतिक्रिया